Uncategorized

प्रकाशमानको गुनासो : देउवाले कांग्रेसलाई विधान विपरीत चलाए

५ मंसिर, बुटवल । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधान विपरीत चलाएको आरोप लगाएका छन् ।

विधानमा दुई जना उपसभापति राख्ने ब्यवस्था नै नभएको भन्दै उनले भने, ‘नेतृत्वले विधान विपरीत बहुमतको आडमा मनपरी गरेको छ, यसलाई सच्याएर अगाडि बढ्नुपर्छ ।’

बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाटमा पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारणले आम चुनावमा कांग्रेसले हार व्यहोर्नुपरेको बताए ।

अब सबैलाई समेट्ने तथा विधिविधान अनुसार चल्ने नेतृत्व कार्यकर्ताले खोजेको उनले बताए । कांग्रेस नेता सिंहले वर्तमान सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप लगाए ।

सरकारको गतिविधि संघीयतालाई संस्थागत गर्ने पक्षमा नदेखिएको भन्दै उनले भने, ‘जनताले यो सरकारबाट धेरै आशा गरेका थिए तर, सबै दृष्टिबाट सरकार फेल भइसक्यो ।’ दुई तिहाई वहुमतको सरकारले ९ महिनामा ८ प्रतिशत मात्र विकास वजेट खर्च गर्नु असक्षमताको प्रमाण भएको उनले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *