Uncategorized

पूर्वप्रधान्यायाधीश गिरीको निधन – onlinedarpan:

[ad_1]


काठमाडौँ, ७ मङ्सिर। पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको ७५ वर्षको उमेरमा आज निधन भएको छ ।

२०२५ साल साउन ३० मा न्यायसेवामा प्रवेश गर्नुभएका गिरी जिल्ला अदालत, तत्कालीन पुनरोवदन अदालत हुँदै २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश हुनुभएको थियो ।

सर्वोच्च अदालतले आज प्रेस विज्ञप्ति जारी गरी पूर्वप्रधानान्यायाधीश गिरीको निधनप्रति शोक व्यक्त गरेको छ ।

उहाँको निधनले न्यायालयलाई निकै मर्माहत बनाएको उल्लेख छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा रहँदा उहाँको न्यायालयको श्रीवृद्धिमा उल्लेखनीय योगदान रहेको थियो ।

सर्वोच्च अदालतमा आजै बसेको आकस्मिक पूर्ण बैठकले यही मङ्सिर ९ गते आइतबार देशभरका सबै अदालत तथा न्यायाधीकरणहरु शोक बिदाका रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

उहाँको जन्म विसं २००१ वैशाख २५ गते महोत्तरी जिल्लामा भएको थियो ।


[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *