Uncategorized

रुकुमको आठविसकोट नगरपालिकामा फोटो खिच्न पनि नपाइने !

५ मंसिर, काठमाडाैं । पश्चिम रुकमको आठविसकोट नगरपालिकाले सामाजिक सञ्जाल र मोवाइल सञ्चालन सम्बन्धी कडा सूचना जारी गरेको छ ।

गत कात्तिक ३० गते जारी गरेको सूचनाअनुसार नगरपालिकाभित्र आयोजना हुने कुनैपनि कार्यक्रम र स्थानमा स्वीकृतिबिना कसैले पनि मोवाइलबाट फोटो खिच्न पाउने छैनन् ।

‘कुनैपनि कार्यक्रम सञ्चालन भइरहेका अवस्थामा सहभागीले मोवाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न पाइने छैन,’ नगरपालिकाले जारी गरेको सूचनाको ६ नम्बरमा लेखिएको छ, ‘कुनै पनि कार्यक्रम वा स्थानमा विना स्वीकृत फोटो खिच्न पाइने छैन ।’

साथै, कारणबस खिचिए स्वीकृति नलिई फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा अपलोड गर्न, टिप्पणी गर्न नपाइने नगरपालिकाले जनाएको छ । त्यसो गरिए प्रतिलिपि अधिकार र व्यक्तिको गोपनियताको हकविरुद्ध कार्य गरेको भनी कारबाही गर्ने नगरपालिकाले चेतावनी समेत दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सूचनालाई आधार मानेर सूचना प्रकाशित गरिएको बताएका छन् ।

हेर्नुस् नगरपालिकाले जारी गरेको सूचना

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *