Uncategorized

डडेल्धुरामा बसको ठक्करले पैदलयात्रीको मृत्यु

७ मंसिर, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरा बजारमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसले ठक्कर दिदा स्थानीय दलबहादुर भण्डारीको मृत्यु भएको पोखरा प्रहरी चौकीले जानकारी दिएको छ ।

बिहीबार साँझ ७ बजेको समयमा दार्चुलाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको महाकाली यातायातको ना ४ ख ६३८५ नम्बरको बसले पैदलयात्री अन्दाजी ४० बर्षकी भण्डारीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते उनलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल पु¥याएपछि ज्यान गएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा लिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *