गायक सचिन रौनियारले करिब १२ बर्षपछि ’ए मान्छे’ बोलको गीत सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा कमब्याक गरेका छन् । डिजिटल युगको पहिलो गीत भन्दै सचिनले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो नयाँ कोशेली सार्वजनिक गरेका हुन् । अनेकतामा एकताको संदेश दिने यो गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन् भने यसमा जितेन लेप्चाको संगीत छ ।
्गीतमा सचिनसँगै संजय श्रेष्ठ , बबिन , भिम तुलाधर लगायतको अभिनय छ । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकतालाई प्रस्ट्याईएको छ । ’मनमगन’पछि आफूले यस्तो शैलीको गीतको भिडियो तयार पारेको सुव्रतले बताए । भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफ गरेका छन् भने यसलाई उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन् । यसमा सम्पादन , भीएफएक्स र डीआइ भरत रेग्मीको छ ।
सचिनले वि.सं २०४३ सालमा पहिलो एल्बम ’सर्च’ बजारमा ल्याएका थिए । यसपछि उनले १२ वटा एल्बम सार्वजनिक गरे । १२ वर्षको अन्तरालमा ए मान्छे लिएर आएका सचिनले अब संगीतलाई निरन्तरता दिने बताएका छन् ।
[youtube https://www.youtube.com/watch?v=kEbyK2cGnu8]



