Uncategorized

ईपीएल टिम ललितपुर प्याट्रियट्सद्वारा विदेशी खेलाडी सार्वजनिक

६ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिगका लागि ललितपुर प्याट्रियट्सले विदेशी खेलाडी सार्वजनिक गरेको छ ।

ललितपुर प्याट्रियट्सले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तीन जना भारतीय खेलाडी आसन्न एभरेष्ट प्रिमियर लिग (ईपीएल) को लागि आफ्नो टिममा अनुबन्धित गरेको हो ।

ललितपुरले विकेटकिपर ब्याट्सम्यान जय किसान कोल्सावाला र अलराउन्डर सन्नी पटेललाई रिटेन गरेको हो । यी दुबै ब्याट्सम्यानले गत वर्षको ईपीएल ललितपुरबाटै खेलेका थिए ।

यही संस्कणको ईपीएलका लागि भने अर्का भारतीय अलराउन्डर गौरभ टोमरलाई आफ्नो टिममा ललितपुरले भित्र्याएको हो । योसँगै ललितपुरले तीन जना विदेशी खेलाडी राख्न पाउने कोटालाई पूरा गरेको छ ।

टियु क्रिकेट मैदानमा यही डिसेम्बर ८ देखि २२ तारिखसम्म ईपीएल टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुदैछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *