Banner News

कांग्रेसको प्रश्नः नेपालमा सरकार छ ? छ भने कहाँ छ ?

मंसिर ६, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार पूर्णतः असफल भएको टिप्पणी गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गठन भएको ९ महिना पुग्दा पनि देशमा सरकार भएको महसुस गर्न नसकिए बताए। ‘नेपाल देशमा सरकार छ? छ भने कहाँ छ?’, प्रवक्ता शर्माले भने।

उनले शान्ति सुरक्षा, सुसासन बजार मूल्य, संघीयता कार्यान्वयन, राष्ट्रवाद, लोकतान्त्रिक संस्कृति, न्यायलय, संविधानप्रति अपनत्व विस्तार तथा समृद्धिको यात्रामा सरकारको प्रभावकारीता शून्य रहेको दाबी गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीककै निर्वाचन क्षेत्रमा भएका दुई हत्याका हत्याराको पचिन हुन नसक्नु, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न दोषीको पहिचान गर्न नसक्नु र देशमा दिनप्रतिदिन महिला हिंसा, बलात्कार, लुटपाट आदी बढ्नुले सरकार ९ महिनामै पुर्ण रुपमा असफल भएको पुष्टि भएको शर्माले बताए। ‘सम्माननीय प्रधानममन्त्री ज्यू, यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने संभावनाको मृत्यु भइसकेको हो?’, प्रवक्ता शर्माले भने।

सरकारले विनाप्रतिस्पर्धा बूढी गण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णयप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ। ‘स्वदेशी लगानीमा बनाउने भन्दै रकम संकलन भईरहेका बेला विनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई दिने निर्णय कम्युनिष्ट सरकारको क्रान्तिकारी राष्ट्रवाद हो?’, उनले प्रश्न गरे।

कांग्रेसले जयनगर– जनकपुर –कुर्था रेल सेवाको उद्घाटन भारतको एक राज्यका मुख्यमन्त्रीले गर्ने निश्चित भएको विषयमा पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

तीन महिने अवधिमा सरकारलाई जस्ट पासको अंक दिएको कांग्रेसले ९ महिनामा पुग्दा फेल भएको भन्दै वार्षिक परीक्षामा सफल हुन सरकारलाई शुभकामना पनि दिएको छ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *