Banner News

विदेशी पैसाको मूल्य बढ्यो, कुन देशको कति छ ?

असोज २, काठमाडौं । सोमबारको तुलनामा मंगलबार विदेशी मुद्राको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ र बिक्रिदर ३१ रुपैयाँ ९५ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९६ पैसा र बिक्रिदर २८ रुपैयाँ ११ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २८ र बिक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ९७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३ सय ०८ रुपैयाँ ५१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *