Banner News

गोली हानी इँटा भट्टाका सुपरभाइजरको हत्या, हत्या बिरोधमा राजमार्ग ठप्प

मंसिर ५, काठमाडौं । सुनसरीमा बुधबार बिहान गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

बिहान साढे ६ बजेतिर दुवही नगरपालिका-९ मा अज्ञात समूहले गोली हान्दा एक इँटा भट्टामा सुपरभाइजर फिदा हुसेनको मृत्यु भएको सुनसरीका डिएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए ।

गोली लागेर घाइते भएका हुसेनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। गोली कसले चलाएको हो भन्नेबारे अनुसन्धान भइरहेको डिएसपी फुँयालले बताए ।

जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा हुसेनमाथि गोली प्रहार भएको हो । घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको छ ।

अहिले हुसेनका समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन्। मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं ३ का सभापति मेहदी हुसेनका भाइ हुन् ।

दुई महिनाअघि असोज ४ गते पनि अज्ञात समूहले सुनसरीमा गोली हानी हसिद कुर्सित अन्सारीको हत्या गरेको थियो ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *