Uncategorized

रुपन्देहीका सरकारी वकिल घुससहित पक्राउ

४ मंसिर, काठमाडौं । रुपन्देहीका जिल्ला सरकारी  वकिल कार्यालयका प्रमुख कोषहरि निरौला घुससहित पक्राउ परेका छन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं कार्यालयबाट खटिएको टोलीले उनलाई ८० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

उनले ठगी मुद्दा मिलाइदिने बाहनामा सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियार टोली पुगेको थियो ।

आफ्नै कार्यालय परिसरबाट घुसवापतको रकमसहित उपन्यायाधिवक्ता निरौलालाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *