अक्सर हामी रोग लागिसकेपछि मात्र अस्पताल धाउँछौं । स्वास्थ्य परीक्षण गराउँछौं । सामान्य अवस्थामा आफ्नो स्वास्थ्य के कस्तो भइरहेको छ भन्ने कुरामा कुनै हेक्का राख्दैनौ । त्यही कारण हामीलाई रोगले च्याप्छ, ग्रस्त बनाउँछ र औषधी-उपचार गर्नैपर्ने अवस्थामा पुर्याउँछ ।
तर, सामान्य अवस्थामा पनि नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने हो भने रोगले सताउँदैन । रोग लाग्नुपूर्व नै हामी सर्तक रहन्छौं । सजग रहन्छौं ।
नियमित स्वास्थ्य परिक्षण गर्दा सम्भावित खतराबाट बच्न सकिन्छ । त्यसैले ६ महिना वा १ वर्षको अन्तरालमा नियमित स्वास्थ्य परीक्षण गर्न जरुरी हुन्छ ।
नियमित स्वास्थ्य परीक्षण गरी सावधानी नपनाउँदा खासगरी उच्च रक्तचाप र मधुमेहले गाँज्न सक्छ, थाहै नपाई । यी हुन् त्यस्ता विरामीले गर्नैपर्ने परिक्षण:
उच्चरक्तचाप भएमा

– उच्च रक्तचाप भएको अवस्थामा कम्तीमा वर्षको एक पटक सीसीसी बनाउनुपर्ने हुन्छ । कुनै समस्या नदेखिए पनि यस्तो जाँच गराउन आवश्यक हुन्छ ।
-रक्तचाप नियन्त्रणमा भएको अवस्थामा ३ देखि ६ महिनाको अवधिमा डाक्टरसँग परामर्श लिनुपर्छ ।
– रक्तचाप नियन्त्रण नभएको अवस्थामा महिनामा एक पटक चिकित्सकसँग परामर्श लिनुपर्छ । चिकित्सकले तोकेको समयमा स्वास्थ्य-जाँच गर्नुपर्छ ।
-टाउको, टाती दुख्ने, चक्कर लाग्नेजस्ता समस्या देखिएमा तत्काल रक्तचाप परिक्षण गर्नुपर्छ । किनभने रक्तचाप बढ्दा पनि यस्तो समस्या हुन्छ ।
– छाती दुखेको अवस्थामा हस्पीटल पुगि इसिजी परिक्षण गरिहाल्नुपर्छ ।
मधुमेह भएमा
– मधुमेहको हकमा पनि वर्षको एक पटक सीसीसी परिक्षण गर्नुपर्छ । चाहे वर्षभरी कुनै समस्या नदेखियोस् ।
– मधुमेहको समस्या भएमा कम्तिमा वर्षको एक पटक आँखाको पनि जाँच गराउनुपर्छ । किनभने आँखा र मधुमेहको सीधा सम्बन्ध हुन्छ ।
– प्रत्येक ६-६ महिनामा मिर्गौला र मुटुको परिक्षण गर्नुपर्छ । मिर्गौलामा युरिया, क्रिटिन, एनए, के, युरिन आर/इ, माइक्रोअल्वुमिन पर्छन् भने मुटुको हकमा इसीजि र रगतमा कोलेस्टेरोलको मात्रा पर्दछ ।
– प्रत्येक ३-३ महिनामा ‘एचबीएवानसी’ परिक्षण गर्नुपर्छ । यस्तो परिक्षणले रगतमो ग्लुकोजको मात्रा थाहा हुन्छ ।
– प्रत्येक हहिना ब्लड सुगर फास्टिङ र उच्चरक्तचापको जाँच गर्नुपर्छ ।
– छाती दुखेको अवस्थामा तत्काल इसीजी गरिहाल्नुपर्छ ।
अन्य परिक्षण
मधुमेह र उच्चरक्तचापका विरामीले सुगर, कोलेस्ट्रोल, इसीएचओ, एक्स-रेलगायतका परिक्षण पनि गर्नुपर्छ । यस्तो परिक्षणको क्रममा कुनै एकको अवस्था असामान्य देखिएमा चिकित्सकको सल्लाहअनुसार पुनः परीक्षण गरिहाल्नुपर्छ ।
त्यस्तै, स्वास्थ्य अवस्था अनुसार एक-दुई महिनाको अवधिमा ल्याव परिक्षण दोहोर्याईरहनुपर्ने पनि हुन सक्छ ।



