Uncategorized

राप्रपाका अन्तुष्ट पक्षले दियो-पार्टी एकताका तीन आधार

२ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पाटीं (प्रजातान्त्रिक) र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीचको एकता भाँडिएको एक सातापछि राप्रपाका असन्तुष्ट नेताहरूले तीन पार्टी एकताको आधार सार्वजनिक गरेका छन् ।

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ सहित १९ जनाले आइतबार विज्ञप्तिमार्फत संवैधानिक राजसंस्था, सनातन हिन्दु राष्ट्र र राष्ट्रिय एकता तथा अखण्डता नै पार्टी एकताको आधार हुने जनाएका हुन् ।

पार्टी एकता प्रयास भाँडिदा राप्रपाका कार्यकर्ताहरू दुःखी र चिन्तित भएको विज्ञप्तिमा उल्लेख छ । तीनै पार्टीका शीर्ष नेतृत्वलाई एकताका लागि आव्हान गरेका ती नेताहरूले केन्द्रीय समिति बैठक भने बहिस्कार गर्दै आएका छन् ।

विज्ञप्तिमा बुद्धिमान तामाङ, दिलविकास राजभण्डारी, टंक ढकाल, धवल शम्शेर राणा, जयन्त चन्द, दिलनाथ गिरी, अर्जुन राई, दिनेश श्रेेष्ठ, मुकुन्द श्याम गिरी, गोविन्द खनियाँ, प्रेक्षा मल्ल, प्रेम भण्डारी, गजेन्द्र सिंह, रामबहादुर शाह, प्रह्लादप्रसाद शाह, गणेशसिंह विष्ट, भरत गिरी, सानुकाजी हेक्का र चिरागमानसिंह कुँवरले हस्ताक्षर गरेका छन् ।

संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र, पार्टीको नाम, झण्डा र चुनाव चिह्नमा कुरा नमिलेपछि कात्तिक अन्तिम साता तीन पार्टीबीचको एकता भाँडिएको थियो । राप्रपा अध्यक्ष कमला थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले पार्टी एकिकरण नहुनुमा एकअर्कालाई जिम्मेवार रहेको आरोप लगाउँदै आएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *