Uncategorized

नेपाल संवतको विशेष कार्यक्रम मंसिरमा

२३ कात्तिक, काठमाडौं । नेपाल संवत् ११३९ न्हूदँ समारोह समितिले आगामी मंसिर १० गते उक्त संवतलाई नयाँ वर्षको उपलक्ष्यमा विशेष कार्यक्रम गरी मनाउने भएको छ ।

यही कात्तिक २२ गते गर्नुपर्ने उक्त कार्यक्रम नेपाल संवतला राष्ट्रिय संवत् रुपमा विकास गर्न महत्वपूर्ण योगदान गरेका नेता पद्मरत्न तुलाधरको यही कात्तिक १८ गते भएको निधनले औपचारिक समारोह तथा सांस्कृतिक कार्यक्रम स्थगित गरिएको थियो । उक्त दिन शङ्खधर शाख्वाः दिवसका सन्दर्भ पारेर औपचारिक कार्यक्रम गर्न लागिएको हो ।

विभिन्न टोल तथा गुठीबाट सांस्कृतिक बाजागाजासहित वसन्तपुर क्षेत्रमा भेला भई लगनटोल, जैसीदेवल तथा ठहिटी, असन, इन्द्रचोकलगायत भित्री शहरमा नयाँ वर्षको प्रचारप्रसार गरिनेछ । समितिका अध्यक्ष सत्यभामा माथेमाले नेपाल संवत्को वैज्ञानिक पक्षबारे जानकारी गराउन उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिए। उनले नेपाल संवतलाई राष्ट्रिय संवतसरह व्यावहारिक रुपमा कार्यान्वयन गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सरकारले जनताको ऋणमोचन गरी जनस्तरबाट देशकै नाममा उक्त संवत् चलाएका शाख्वाःलाई विसं २०५६ मंसिर २ गते तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको प्रदेशसभा सदस्य वसन्त मानन्धरले जानकारी दिए ।

विसं २०६५ गोवर्द्धन पूजाका दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त संवतलाई राष्ट्रिय संवतका रुपमा घोषणा गरेका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *