Uncategorized

ब्रिगेड ब्वाइजमाथि थ्रीस्टारको शानदार जित

२ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रीस्टारले ब्रिगेड ब्वाइज क्लबमाथि शानदार जित हात पारेको छ ।

आइतबार भएको खेलमा थ्रीस्टारले ब्रिगेड ब्वाइजमाथि ५–१ को फराकिलो जित हात पारेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्रीस्टारले नवौं मिनेटमा रजिन धिमालको गोलबाट अग्रता लिएको थियो । बाँकी चार गोल भने दोस्रो हाफमा भयो ।

खेलको ५१ औं मिनेटमा सुनिल बलले गोल गरे । खेलको ७४ औं मिनेटमा ब्रिगेड ब्वाइजले गोल गरे । तर, थ्रीस्टारका लागि ८४ औं मिनेटमा रञ्जन विष्ट, ८९ औं मिनेटमा निराजन खड्का र इन्जुरी टाइममा विक्रम लामाले गोल गरे ।

लामा चोटमुक्त भएपछि ८ महिनापछि मैदान फर्किएका हुन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *