Uncategorized

फ्रान्सको अपराजित यात्रालाई नेदरल्याण्ड्सले लगायो पूर्णविराम

१ मंसिर, काठमाडौं । नेदरल्यान्ड्सले विश्व बिजेता फ्रान्सको अविजित यात्रामा पूर्णविराम लगाएको छ । १५ खेलमा नहारेको फ्रान्सलार्इ यूइएफए नेसन्स लिगको गएराति भएको खेलमा नेदरल्यान्ड्सले हरायाे ।

फ्रान्सविरुद्ध डचले २-० को जित निकालेको हाे ।

जर्जिनो वाइनाल्डमले ४४ औं मिनेटमा क्लोज रेन्जबाट गोल गर्दै १-० को अग्रता दिलाए । खेलको अतिरिक्त समयमा मेम्फिस डेपले पेनाल्टी गोल गर्दै २-० को जित सुनिश्चत गरे ।

समूह ए (१) मा रहेको फ्रान्सको ७ अंक छ भने नेदरल्यान्ड्सको छ अंक छ । एक खेल अगावै एक अंक मात्रै जोडेको जर्मनी रेलिगेसनमा परेको छ ।

समूहको अन्तिम खेलमा नेदरल्यान्ड्स र जर्मनी भिड्ने छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *