Uncategorized

हवाई रुट थप्न भारतले मानेन, देउताको डरले गाउँ मदिरामुक्त !

२९ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि अधिकांशले दशैंसँग सम्बन्धित सामग्रीहरुलाई बढी जोड दिए जोड दिएका छन् । केहीले मिथिलाको दशैंबारे चर्चा गरेका छन् भने कुनैको मुख पृष्ठमा दशैं आगमनको तस्वीर छ ।

दशैंमा पेट्रोल पम्पमा लाइन लागेको, भारतले नयाँ हवाई रुट थप्न इन्कार गरेको, बारामा अपहरणपछि बालकको हत्या भएको, देउताको डरले गाउँलेले मदिरा छाडेकोलगायत खबरलाई पनि पत्रपत्रिकाहरुले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन् ।

दशैंको पिङ खेलिरहेकी युवतीको तस्वीर छापेको कान्तिपुरले भारतले नयाँ हवाई रुट दिन इन्कार गरेको लेखेको छ ।

नेपाललाई चारवटा हवाई रुट थप्न असार पहिलो साता भारतले सहमति जनाएको थियो । तर भारत त्यसबाट पछि हटेको छ ।

कान्तिपुरका अनुसार प्रस्तावित रुट सञ्चालनको विषय टुंग्याउन बुधबार नयाँदिल्ली पुगेका पाँच नेपाली प्राविधिक सकारात्मक निर्णय नभएपछि स्वदेश फर्किएका छन् ।

‘भारतीय प्राविधिकले डिफेन्स (सैन्य) कारण देखाउँदै यसपटक निर्णय नै गरेनन्’, बैठकमा सहभागी एक अधिकारीको हवाला दिँदै कान्तिपुरले अगाडि लेखेको छ, ‘यो विषय फेरि प्रधानमन्त्री तहकै वार्तामा फर्केको छ ।’

देउवताको डरुले गाउँ मदिरामुक्त बनेको रोचक खबरलाई कान्तिपुरले एंकर बनाएको छ । समाचार अनुसार मुगुको रारा नगरपालिका–१३, थार्प गाउँका स्थानीयले देउता रिसाउने डरले मदिरा खान छाडेका छन् ।

आफ्ना आराध्य मष्ट देवताका डरले गाउँलाई त्यहाँका स्थानीयले निषेधित बनाएका छन् । एक सय तीस घरधुरी रहेको थार्पाका बासिन्दामा मदिरा सेवन वा बिक्रीवितरण गरे मष्ट देवताले सजाय दिने विश्वास छ ।

नागरिकले ‘त्रिपालभित्र दशैं उत्साह’ शीर्षक दिएर बबईको बाढीबाट विस्थापित तुलसीपुर बखरियाका बासिन्दाको कथा छापेको छ ।

नागरिकमै सिक्टा सिँचाइ अनियमिततामा संलग्न कर्मचारी र ठेकेदारलाई उन्मुक्ति दिइएको, अपहरणपछि बारामा बालकको हत्या भएकोलगायत समाचार छन् ।

अन्नपूर्णमा मिथिलाको दशैं चर्चासँगै प्याराग्लाइडिङको विश्वकप नेपालमा हुने खबर पनि छ ।

समाचार अनुसार नेपालमा प्याराग्लाइडिङको थप विकास गर्ने उद्देश्यले कात्तिक १५ देखिअ १९ सम्म स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा प्रथम प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप –विश्वकप) हुने भएको छ ।

नयाँ पत्रिकामा आयल निगमको लापरबाहीले दशैंमा पेट्रोल पम्पमा लाइन लागेको, सुन तस्करीका अभियुक्त दुबईमा पक्राउ परेकोलगायत समाचार छन् ।

राजधानीले लोकसेवाको कर्मचारी भर्ना दुई महिना रोकिएको लेखेको छ भने गोरखापत्रमा द्रुतमार्गका पुल बनाउन ६ कम्पनी सर्ट लिस्टमा परेको समाचार छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *