Uncategorized

बाँकेमा एनआईसी एशिया बैंकको दुर्इ शाखा विस्तार

काठमाडौं, २३ असोज । एनआईसी एशिया बैंकको २ नयाँ शाखा बाँकेमा विस्तार भएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवन चोकमा एउटा शाखा विस्तार भएको छ । सो शाखाको बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले उद्घाटन गरे ।

यस्तै बैजनाथ गाउँपालिका वडा नं.६ स्थित सम्झना चोकमा विस्तारित अर्को शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालले उद्घाटन गरेका छन् ।

बैंकका हालसम्म मुलुकभर २ सय ६१ शखाहरु रहेका छन् । यस्तै बैंकले २ सय ५३ एटीएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गरिरहेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *