Uncategorized

सीके राउत पक्राउबारे आज सर्वोच्चमा बहस हुँदै

३० कात्तिक, काठमाडौं । राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ ।

रौतहटबाट पक्राउ परेका राउतलाई अदालतको आदेशानुसार बिहीबार सर्वोच्चमा उपस्थित गराइएको हो ।

राउतका दाजु जयकान्त राउतले यही कात्तिक ११ गते गैरकानूनी थुनामा राखिएको भन्दै गृह मन्त्रालयलगायतलाई विपक्षी बनाउँदै बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

अदालतले थुनामा राख्नुका कारण लिखितसहित थुनामा राखेका राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अदातलको आदेशानुसार बन्दीसहित उपस्थित गराइएको र शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *