Uncategorized

बुलबुलेलाई पर्यटकीय गन्तव्यमा राखिरहन पर्दैन–मन्त्री अधिकारी

१९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सुर्खेतको बुलबुले उद्यान र ताललाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा राखिरहनु नपर्ने बताएका छन् ।

गत विहीबार पर्यटन, प्रबर्द्धन र विकासका लागि भन्दै सार्वजनिक गरेको सूचीमा चर्चित ताल बुलबुले नपरेको समाचार प्रकाशित भएपछि मन्त्री अधिकारीले पहिले नै स्थापित भएकोले राखिरहन नपर्ने तर्क गरेका हुन् ।

अनलाइनखबरमा प्रकाशित समाचार ट्वीट गर्दै मन्त्री अधिकारले लेखेका छन्,– बुलबुले ताल पहिलादेखिनै स्थापित गन्तव्य हो नयाँ १०० गन्तव्यमा राखिरहनु पर्दैन ।

गत विहीबार सरकारले नयाँ गन्तव्य मात्र नभइ स्थापित तथा प्रबर्द्धन गर्नुपर्ने र नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको सूची सार्वजनिक गरेको थियो । मन्त्री अधिकारीले बुलबुलेलाई स्थापित पर्यटकीयस्थल भनेपनि सार्वजनिक गरिएको स्थापित पर्यटकीय स्थलमा पनि बुलबुले अटाएको छैन ।

मन्त्री अधिकारीको ट्वीट्

https://platform.twitter.com/widgets.js

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *