Uncategorized

उदाउँदो सूर्यलाई अर्घ दिएर छठको बिदाइ (फोटो फिचर)

२८ कात्तिक, काठमाडौं । छठ पर्वअन्तर्गत आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । यससँगै लोकआस्थाको महानपर्व छठ सम्पन्न भएको छ ।

नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका छन् । बिहान सूर्यलाई अर्घ दिएपछि ३६ घण्टादेखि निराहार र निर्जल रहेका व्रतालुहरुको व्रत पनि समाप्त भएको छ ।

सूर्यको उपासनासहित छठी माताको पूजा गरेमा रोगव्याध निको हुने, सन्तान प्राप्त हुने तथा परिवारमा सुख शान्ति र समृद्धि हुने धार्मिक विश्वास छ ।

काठमाडौं उपत्यकासहित देशभरका नदी, तलाउ, पोखरी र खोला किनारमा श्रद्धालुहरुको घुइँचो छ । छठको पूजा गर्नका लागि काठमाडौं उपत्यकाका कमलपोखरी, गहना पोखरी, गुहेश्वरी, वागमती, विष्णुमतीसहित देशभरका छठघाटलाई झकिझकाउ पारिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *