Banner News

सिद्दार्थ माविका भुपु विद्यार्थीहरुले टुहुरा तथा अपांग बालबालिकालाई दिए न्यानोपन!

कार्तिक २७, राेल्पा । सुकिदह उर्फ गंगादेव गाउँपालिका रोल्पामा रहेको सिद्दार्थ मा.वि. घोप्टेओढारकाे ३१ अाैँ बार्षिक उत्सवकाे उपलक्ष्यमा सोमबार अपाङ्ग तथा असाय बालबालिकाहरुलार्इ न्यानाे कपडा वितरण गरिएको छ । सोहि बिद्यालयमा अध्यन गरेका भुपु विद्यार्थीहरुले देउसी भैलाे खेलेर जम्मा गरेको रकमबाट हाल अध्यनरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

तिहारको समयमा घरफर्किएका २६ जना भुपु विद्यार्थीहरुले देउसी भैली खेलेर ३० हजार ४ सय ४५ रुपैयाँले जम्मा गरेका थिए । उक्त रकमबाट ४५ जना टुहुरा तथा असाय गरिब बालबालिकालार्इ जाडो छल्न एकएक वटा सुइटर र टोपी वितरण गरेको नमुना बिद्यालय अभियान संयोजक प्रेम बहादुर ओलीले जनाए ।

न्यानो वितरण गरेर बचेको २ हजार रकम सोहि ओडाका अपाङ्ग बालक गणेश खड्काकाे उपचारमा सहयोग गर्ने जनाइएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा वडा अध्यक्ष जलेश के सि, विशिष्ट अतिथिमा गाँउपालिकाका शिक्षा प्रमुख सेर बहादुर डाँगी र अतिथिहरुमा संयोजक प्रेम ओली लगायत रहेका थिए ।

विध्यालय व्यवस्थापन समिती अध्यक्ष तिलक राम ओलीको सभापतित्वमा भएको बार्षिकोत्सव कार्यक्रमलाई प्रधानाध्यापक बिरेन्द्र खड्काले सन्चालन गरेका थिए भने शिक्षिका लक्ष्मी केसीले स्वागत मन्तब्य दिएका थिए ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *