Uncategorized

शिक्षामा आधुनिक विकासको आवश्यकताः मन्त्री पोखरेल

२५ कात्तिक, महोत्तरी । विज्ञान प्रविधि तथा तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिले शिक्षामा आधुनिक विकासको आवश्यकता रहेको बताएका छन् । आफू त्यसैको निम्ति मन्त्री भएको उनको भनाइ छ ।

महोत्तरीको गौशालास्थित रुपान्तर मिडिया आयोजना गरेको छठ तथा समाचकेवा पर्वको अवसरमा आयोजित ‘आम मानिस, राज्य र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले पुरानो र परम्परागत शिक्षालाई गुणस्तरीय शिक्षामा रुपान्तरण गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको समेत बताए ।

आफू परम्परागत शिक्षालाई निरन्तरता दिन आफू नआएको भन्दै उनले बरु शिक्षामा आधुनिक विकासका निमित्त आएको बताएका छन् ।

मनत्री पोखरेलले हाल नेपालबाट भारत अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्यालाई रोक्न पहुँचको आधारमा नभइ गुणस्तरीय शिक्षाको आधारमा शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । महोत्तरीको गौशलालाई शैक्षिक केन्द्रको हवको रुपमा बिकास गर्ने उनले बताए ।

मन्त्री पोखरेलले संघीयताको नयाँ संरचनामा भएकोले काम गर्न कठिनाइ भइरहेको भन्दै भने, ‘म मन्त्रीकै रुपमा सन्तुष्ट छैन, तथापि संघीयताको नयाँ अभ्यासमा पूर्वाधार नभएको अवस्थालाई ध्वस्त हुनबाट जोगाउन अहिलेको प्रमुख आवश्यकता हो ।’

उनले प्रदेश मुख्यमन्त्री तथा स्थानीय सरकारको उपस्थितिमा शिक्षा नीति बनाउने तयारी गरेको जानकारी गराउँदै नयाँ प्रणालीको अभ्याससँगै शिक्षामा परिवर्तन आवश्यकता अनुसार गरिने बताए ।

विकासका लागि अनुकुल वातावरण, टिम र सञ्जाल भएमात्र विकास सम्भव रहेकोले उपयुक्त वातावरणमा विकास लागि अपरिहार्य रहेको बताए ।

अन्तरक्रियामा राष्ट्रियसभा उपाध्यक्ष सशीकला दाहाल, प्रतिनिधिसभा सदस्य दिलकुमारी साह, प्रदेशसभा सदस्यहरु शारदा थापा, भरत साह, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतो रामगोपालपुरका नगरप्रमुख अशोककुमार मण्डल, विभिन्न नगरका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *