Uncategorized

इन्सेकको अध्यक्षमा डा. श्रेष्ठ चयन

३ मंसिर, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यसमितिको अध्यक्षमा डा इन्दिरा श्रेष्ठ चयन भएकी छन् ।

यसअघि कार्यसमिति सदस्य रहेकी श्रेष्ठलाई हालै बसेको कार्यसमिति बैठकले अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको इन्सेकले जनाएको छ ।

प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएपछि इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै बैठकले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिए ।

 

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *