Uncategorized

घनश्याम भुसालले झूठो बोलेको नेकपा नेताको आरोप

१८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको चियापान कार्यक्रम नेता घनश्याम भुसालले ‘बहिस्कार’ गरे कि निम्तानै थिएन ? यो प्रकरणले पार्टी पंक्तिमा आरोप प्रत्यारोप चलेको छ ।

गृहजिल्लामा आयोजित कार्यक्रम छाडेर भुसाल दाङ गएका थिए । उनले आफूलाई कार्यक्रमबारे जानकारी नरहेको बताएका थिए । तर स्थायी कमिटी सदस्य भुसाललाई जानकारी नदिइएको भन्ने आरोप झूठो रहेको आयोजकले बताए ।

नेकपा रुपन्देहीका कार्यदल सदस्य तथा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले नेता भूसाललाई आफैले दुई पटक निमन्त्रणा गरेको बताए । उनका अनुसार प्रदेश अध्यक्ष ओनसरी घर्तीले पनि खबर गरेकी थिइन् ।

‘दुई पटक लाउडस्पिकरमा राखेर मैले कुरा गरे, पार्टीका प्रदेश अध्यक्ष ओनसरी घर्ती, केन्द्रीय सदस्य लिला गिरीले पनि फोन गरेर बोलाउनु भएको थियो’ बुटवल उपमहानगरपालिका प्रमुखसमेत रहेका सुवेदीले अनलाइनखबरसँग भने, ‘कार्यदल सदस्य निर्मल जिसीलाई त भेट्नै पठाएको थिएँ ।’






यो पनि पढ्नुहोस
नेकपा नेता भुसाल भन्छन्- बुटवलको चियापानबारे मलाई जानकारी छैन

बुटवलको कार्यक्रममा रुपन्देहीवासी नेता भूसाललाई पनि वक्ताको रुपमा राखिएको थियो । तर, आयोजकले जानकारी नदिएको भन्दै नेता उनी पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन दाङ गएका थिए ।

कार्यक्रममा अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल लगायतका नेता सहभागी थिए ।

नेकपाका महासचिव बिष्णु पौडेल र घनश्याम भुसाल दुवैजना रुपन्देहीबाट संसदमा प्रतिनिधित्व गर्छन् । तत्कालीन एमालेमा दुवैजना उपमहासचिव थिए । पौडेललाई नेकपाको महासचिव बनाइदा भुसालले आपत्ति जनाएका थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *