१७ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले शनिबार पनि सेवा प्रदान गरेको छ ।
सार्वजनिक विदा भए पनि काठमाडौ कार्यालयले शनिबार बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म सेवा प्रदान गरेको हो ।
कार्यालयका अनुसार आज शनिबार ३ सय बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीमा सेवाग्राहीको चाप अत्याधिक भएकाले शनिबार पनि कार्यालय खुल्ला गरि काम गरेको कार्यालयका निमित्त प्रमुख युवराज खतिवडाले जानकारी दिए ।
अन्य दिन बिहान ८ बजे देखि साँझ साढे ७ बजे सम्म सेवा प्रदान गर्ने गरेको भए पनि सार्वजनिक विदा भएकाले शनिबार बिहान १० देखि ३ बजे सम्म मात्रै सेवा प्रदान गरेको उनले बताए ।
विश्वका श्रम गन्तव्य भनी छानिएका मुलुकमा जाने नेपाली श्रमिकका लागि यस कार्यालयले श्रम स्वीकृति दिने गर्छ ।



