Uncategorized

यु- १५ साफ च्याम्पियनसिप  :  पाकिस्तानलाई हराउँदै बंगलादेशले जित्यो उपाधि

१७ कात्तिक, काठमाडौं । १५ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि वंगलादेशले जितेको छ । ललितपुर सातदोवाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा पाकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो ।

निर्धारित समयमा दुबै टिमले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । २५ औं मिनेटमा पाकिस्तानका खेलाडी असिब अहमद खानको आत्मघाती गोलबाट बंगलादेशले अग्रता लिएको थियो ।

त्यसपछि ५५ औं मिनेटमा पाकिस्तानका मोहब उलाहले फ्रिकिकमा गोल गरेर खेल बराबरीमा ल्याए । खेलमा पाकिस्तानी खेलाडी हसिब अहमद खान सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

खेलमा नेपाललाई १- ० ले हराउँदै भारतले तेस्रो स्थानमा हासिल गरेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *