Uncategorized

जडेजाको जालमा फस्यो वेष्टइण्डिज, भारतले जित्यो सिरिज

काठमाडौं । भारतले पाँचौं तथा अन्तिम एकदिवसीयमा वेष्टइण्डिजलाई ९ विकेटले हराएको छ र सिरिज ३-१ ले जितेको छ ।

रविन्द्र जडेजाको शानदार बलिङको मदतमा भारतले वेष्टइण्डिजलाई मात्र १०४ रनमा अलआउट गरेको थियो । जुन लक्ष्य उसले मात्र १४.५ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।

भारतका रोहित शर्मा ६३ र कप्तान विराट कोहली २२ रनमा अविजित रहे । भारतका एक मात्र विकेट शिखर धवनका रुपमा गुम्यो । उनले ४ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको वेष्टइण्डिजले ३१.५ ओभरमा सबै विकेट गुमाएर मात्र १०४ रन बनाएको थियो । यो वेष्टइण्डिजले भारतविरुद्ध बनाएको अहिलेसम्मकै कम स्कोर हो ।

उसको सुरुवात निकै खराब रहृयो । ५७ रन जोड्दा आधा टिम र १०४ मा पुरै टिम पभेलियन फर्कियो । जडेजाले ९.५ ओभरमा ४ विकेट लिएभने जसप्रीत बुमराह र खलील अहमदले २-२ विकेट लिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *