Uncategorized

चेल्सी काराबाओ कपको क्वाटरफाइनलमा

१५ कात्तिक, काठमाडौं । इंग्लिश क्लब चेल्सी काराबाओ कप (इपीएल) फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको चौथो चरणको खेलमा डर्बी काउन्टीलाई ३–२ गोलअन्तरले पराजित गर्दै चेल्सी क्वाटरफाइनलसम्मको यात्रा पार गरेको हो । चेल्सीको जितको मुख्य आधार काउन्टीका खेलाडीले २ वटा आत्मघाति गोल गर्नु हो ।

चेल्सीले १ गोल मात्रै गर्न सकेको थियो भने २ गोल उपाहार स्वरुप पाएको हो । खेलको पाचौं मिनेटमा नै काउन्टीका फिकायो टोमोरीले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता बनाएको थियो । तर खेलको नवौं मिनेटमा काउन्टीका जयक मार्रियोटले गोल गर्दै बराबरीमा पुर्‍याएका थिए ।

खेलको २१औं मिनेटमा काउन्टीले फेरी आत्मघाति गोल गर्न पुगेको थियो । यो पटक भने काउन्टीका रिचार्डले आत्मघाति गोल गरेका थिए । योसँगै चेल्सीले २–१ गोलको अग्रता बनाएको थियो । खेलको २७औं मिनेटमा काउन्टीका मार्टयन वागहोर्नले गोल गरेपछि २–२ गोलको बराबरीमा पुगेको थियो ।

खेलको ४१ औं मिनेटमा फ्याब्रिग्यासले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ३–२ को अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसकेपछि चेल्सीले खेल जितेको हो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *