Uncategorized

तिहारमा देशभर विजुलीको कुनै समस्या छैनः विद्यत् प्राधिकरण

१४ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारमा विजुलीको कुनै अभाव नहुने बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको लक्ष्मी पुजाका दिनमा पिक डिमान्ड हुनेभन्दा बढी विजुली उपलब्ध रहेको बताए ।

‘हामी तिहारमा जति माग आए पनि कम्फर्टेबल छौं,’ उनले भने,’विजुली अभाव भएर कतै विजुली काट्नु पर्ने अवस्था आउँदैन ।’

उनले कतै प्राविधिक रुपमा वितरण तथा प्रसारणलाइनमा समस्या आएर केही समय विजुली काटिनेबाहेक लोडका कारण विजुली काट्नु पर्ने अवस्था नरहेको आश्वास्त पारे ।

यो वर्ष तिहारमा १ हजार २७० मेगावाट विजुलीको माग हुने अनुमान छ । तर, प्राकिरणले १३५० मेगावाटसम्म पनि विजुलीको माग धान्न गाह्रो नपर्ने बताएको छ ।

‘१२७० मेगावाटको माग पनि हामीले गरेको अधिकतम् अनुमान हो । १२ सय मेगावाट पनि कट्ला कि नकट्ला’ उनले भने,’यो वर्षको तिहार गत वर्षहरुको भन्दा निकै कम्र्फटेबल छ ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *