Uncategorized

हेटौंडाका २७ उद्योगमाथि कारबाही : ५ उद्योगले तिरे जरिवाना

१३ कात्तिक, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रमा उद्देश्य विपरीत उद्योग सञ्चालन गर्ने र जग्गा लिएर उद्योग सञ्चालन नगर्ने २७ उद्योगलाई व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै उद्देश्य विपरीत उद्योग सञ्चालन गर्ने ५ वटा उद्योगलाई जरिवानासहितको कारबाही र बर्षौदेखि जग्गा लिएर उद्योग सञ्चालन नगरेका २२ उद्योगलाई सम्झौता रद्द गर्नेसम्मको कारबाहीको अघि बढाएको हो ।

दर्ता समयमा तोकिएको मापदण्ड भन्दा बाहिर रहेर उद्योग सञ्चालन गर्ने भविष्य मैदा मिल, सुजल डेरी इन्डष्ट्रिज, सुजल फुड प्रालि, बानियाँ मल्टी प्रडक्ट इण्डष्ट्रिज प्रालिलाई ५० हजार रुपैयाँ जरीवाना गरिएको कार्यालय प्रमुख नेपालभूषण वैद्यले जानकारी दिए ।

त्रिशक्ति पोली प्याक्स उद्योगलाई २० हजार जरिवाना गरिएको छ । कारवाहीमा परेका उद्योगहरुलाई ३५ दिनदेखि ३ महिनाभित्र सम्झौता अनुसारको उद्योग सञ्चालन गर्न समेत निर्देशन वैद्यले जानकारी दिए ।

यसैगरी कार्यालयले बर्षौंदेखि औद्योगिक क्षेत्रको जग्गा लिएर उद्योगका लागि पूर्वाधारसमेत नबनाएका उद्योगहरुलाई ६ महिनाभित्र पूर्वाधार तयार गर्न निर्देशन दिएको छ ।

उक्त समयसीमाभित्र उद्योग प्रतिष्ठानले काम नगरे सम्झौता रद्द हुने गरी कारबाही गरिने हेटौंडा कार्यालयका प्रमुख वैद्यले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *