बिहे भएको नौ वर्षपछि भारतीय टेनिस स्टार सानिया मिर्जा आमा बनेकी छन् । उनलाई मंगलबार बिहानै पुत्रलाभ भएको हाे ।
सानिया पाकिस्तानी क्रिकेटर सोयब मल्लिककी पत्नी हुन् । मल्लिकले आफू बाबु बनेको भन्दे ट्वीटरमा खुशी सेयर गरेका छन् ।
उनले लेखेका छन्, ‘यो हामीले प्रतीक्षा गरेको दिन थियो । हामीलाई पुत्रलाभ भएको छ । दुवै जना औधी खुशी छौं ।’ उनले सानियाको स्वास्थ्य राम्रो रहेको जानकारी दिएका छन् ।
आमा र बच्चाको तस्वीर भने उनले सार्वजनिक गरेका छैनन् । सोयब र सानियाको बिहे सन् २००९ मा भएको थियो । उनीसँग बिहे गर्नुअघि सानियाले आफ्नो बाल्यकालका साथी सोहराब मिर्जासँग सगाई गरेकी थिइन् । तर, सोयबसँग प्रेममा परेपछि उनले उक्त सगाई तोडिदिएकी थिइन् ।
पेट बोकेपछि सानियाले टेनिसबाट विश्राम लिएकी थिइन् । यद्यपि, बच्चा अलि ठूलो भएपछि फेरि कोर्टमा फर्किने उनको योजना छ । उनले सन् २०२० को टोकियो ओलम्पिक्स खेल्ने सोच राखेको सोयबले जानकारी दिएका छन् ।



