Uncategorized

काट्ने बेलाको धान किरा लागेर सखाप

७ कात्तिक, कैलाली । काट्ने बेला भएको धानमा किरा लाग्दा कैलालीका किसान चिन्तित बनेका छन् । गत बर्ष भन्दा बढी धान फल्ने आशामा रहेका किसानहरु धानमा किरा लाग्दा निराश भएका छन् ।

किराले धान सखाप पार्दा बर्षभरीको मेहेनत खेर गएको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का किसान करन चौधरीले बताए । बिगत बर्षहरुमा असोज महिनाभित्रै धान काटिसक्ने भए पनि यस बर्ष पानी नपर्दा किसानहरुले धान रोप्नै ढिलो भएको थियो ।

बोरिङको पानीबाटै भए पनि रोपाई गरेका किसान बाला हाल्ने बेलासम्म धेरै धान फल्नेमा आशावादी थिए । तर किरा लागेपछि उनीहरु निराश छन् ।

बिखराम चौधरीले अधियाँमा रोपेको धान किराले सखाप पारेपछि मेहनत सबै खेर गएको बताउँछन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १० का किसान बेदप्रसाद चौधरीले धान लगाउनमा ढिलाइ हुँदा धान पाक्नपनि ढिलाइ भएकाले धानमा किरा लागेको बताए ।

उनले धानमा किरा लाग्न लागेको बारे जानकारी गराउँदा सम्बन्धित ठाउँबाट समेत धानको निरिक्षण अनुगमन नहुँदा किसानहरुलाई मर्का परेको बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *