Uncategorized

बंगलादेशको अदालतले सुनायो खालिदा जियालाई ७ वर्ष जेल सजाय

काठमाडौं । ढाकाको एक अदालतले बंगलादेश नेशनल पार्टीका प्रमुख एवं पूर्वप्रधानमन्त्री खालिदा जिया र अरु तीन जनालाई भ्रष्टाचार मुद्दामा सात वर्षको जेल सजाय सुनाएको छ ।

खालिदाविरुद्ध ७ वर्ष पहिले मुद्दा दर्ता भएको थियो । सोमबार न्यायाधीश अख्तरुजजामनले फैसला सुनाएका हुन् । उनलाई १० लाख टका जरिवाना पनि तोकिएको छ ।

पूर्वप्रधानमन्त्री जिया फेब्रुअरीदेखि भ्रष्टाचारको अर्को मुद्दामा सुनाइएको ५ वर्षे जेल सजाय काट्दैछिन् ।

एन्टी करप्सन कमिसनले ८ अगष्ट २०११ मा तेजगाउँ पुलिस स्टेशनमा जिया च्यारिटेबल ट्रष्टमा भएको भ्रष्टाचारलाई लिएर खालिदाविरुद्ध मुद्दा दायर गरेको थियो । खालिदामाथि सत्ताको दुरुपयोग गरेर अज्ञात स्रोतबाट आफ्नो ट्रष्टका लागि सवा तीन करोड फन्ड दिएकी अभियोग लागेको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *