१२ कात्तिक, काठमाडौं । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको समूह ए बाट नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २-१ गोलअन्तरले पराजित भएको हो । बंगलादेश भने समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बंलगलादेशले खेलको दास्रो मिनेटमा नै गोल गर्दै अग्रता बनाएको थियो । खेलको ३६औं मिनेटमा नेपालले गोल गर्दै पहिलो हाफसम्म १-१ गोलको बराबरी बनाएको थियो । ने
पालका राकेश विश्वकर्मालाई बंगलादेशका गोलकिपरले डिबक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । नेपालका लागि जान लिम्बुले पेनाल्टीबाट गोल गर्दै बराबरीमा पुर्याएका थिए ।
पहिलो हाफमा १-१ गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा १ गोल खान पुग्यो । खेलको ४६औं मिनेटमा नेपालले गोल खाएपछि २-१ गोलअन्तरले पराजित भएको हो ।
समूह विजेता बनेको बंगालादेशले सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दा आयोजक नेपालले फाइनल प्रवेशका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।
समूह बी को विजेता पाकिस्तान हो भने भारत उपविजेता हो ।



