Uncategorized

नेपाल र मलेसियाबीच श्रम सम्झौता, अब कामदारले कुनै पनि शुल्क तिर्न नपर्ने

१२ कात्तिक, काठमाडौं । नेपाल सरकार र मलेसियाली सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन र नेपालका श्रम मन्त्री गोकर्ण विष्टले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौतासँगै अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् ।

भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क लाग्ने छैन भने अन्य प्रक्रियाका लागि लाग्ने सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने गरी सम्झौता भएको हो । सम्झौता अनुसार अब श्रमिकले सबै महिनाको ७ गतेभित्र बैंक खातामा पारिश्रमिक पाउनेछन् ।

कामदारका परिवारका कुनै पनि सदस्यको मृत्यु भएका श्रमिकले १५ दिन बिदा पाउनेसमेत सम्झौतामा उल्लेख गरिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *