Uncategorized

फ्रेन्च लिग वानमा पीएसजीको सहज जित

१२ कात्तिक, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लगातार ११ औं जित निकालेको छ ।

सोमबार विहान भएको खेलमा पीएसजीले ओलम्पिक मार्सेलीलाई २–० गोलले पराजित गरेको हो । पीएसजीको जितमा केलियन एमबाप्पे र जुलियन ड्राक्सलरले गोल गरे ।

मार्सेलीलाई उसैको घरेलु मैदानमा पराजित गर्ने क्रममा पीएसजीले दोस्रो हाफमा दुवै गोल गरेको थियो । पहिलो हाफमा पीएसजीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

एमबाप्पेले खेलको ६५ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको अन्तिम समयमा ड्राक्सलरले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए ।

साविक विजेता पीएसजीले शीर्ष स्थानलाई निरन्तरता दिएको छ । पीएसजीले ११ खेलबाट ३३ अंक बनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *