Uncategorized

बारामा ३४ किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ

१५ कात्तिक, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बाराले ३४ किलो लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहारस्थित पूर्वी चम्पारण मोतिहारीका २३ वर्षीय शशिकान्त मिश्र छन् ।

उनलाई बारास्थित सूवर्ण गाउँपालिका–३, लंगडा टोलमा ईलाका प्रहरी कार्यालय, कवहीगोठबाट खटिएको टोलीले पक्राउ गरेको बाराका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले बताए ।

उनका अनुसार मिश्रले सेतो कारको सिटमुनी फल्स बटम बनाएर लागूऔषध ल्याएका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *