Uncategorized

रातभर सुत्केरी श्रीमती कुरेर मैदान गएका खेलाडीले गरे हृयाट्रिक

१२ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगामा स्ट्राइकर इयागो आसपासको हृयाट्रिकमा सेल्टा भिगोले इबरविरुद्ध ४-० को जित निकालेको छ ।

स्पेनको राष्ट्रिय टिममा समेत स्ट्राइकर रहेका आसपासले शनिबार पाँचौ मिनेटमा नै गोल गर्दै सेल्टा भिगोलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ३६ औं र ८२ औं मिनेटमा गोल गर्दै उनले हृयाट्रि क पूरा गरे । सेल्टा भिगोका लागि अर्को गोल मेन्डेजले ५६ औं मिनेटमा गरेका थिए ।
शुक्रबार राति श्रीमती सुत्केरी भएपछि रातभर अस्पताल बसेर आएका आसपासले उत्कृष्ट खेल देखाएका हुन् ।

जितपछि आसपासले श्रीमती जेनिफर रुएडा सुत्केरी भएर रातभर अस्पतालमा बसेको सम्झँदै भने, ‘राति अस्पतालमा सुतेको सोफा अलि साह्रै थियो ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *