Uncategorized

राष्ट्रपति भण्डारी १५ मिनेट पलाञ्चोक भगवतीमा (फोटो फिचर)

३१ असोज, काठमाडौं । आज नवरात्रीको ८ औं दिन राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेको पाचखाल-९ मा रहेको पलाञ्चोक भगवतीको दर्शन तथा पूजा गरेकी छन् ।

राष्ट्रपति भण्डारी विहान ९ बजेर ३५ मिनेटमा पलाञ्चोक भगवती आइपुगेकी हुन् । करिब १५ मिनेट उनले मन्दिरमा पूजा र भगवतीको दर्शन गरेर फर्किएकी छन् ।

पाँचखालस्थित नेपालीको सेनाको तालिम केन्द्रसम्म हेलिकप्टरमा आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उदव केसी, प्रमुख जिल्ला अधिकारी कृष्ण राउत, धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, एसपी रविराज खड्का लगायतले स्वागत गरेका थिए ।

स्थानीय अगुवाहरुले भने राष्ट्रपतिसँग भूकम्पपछिको पुनर्निर्माणका बारेमा जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले जनप्रतिनिधिले जनताका लागि प्रशंसा योग्य काम गर्न आग्रह समेत गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीसँगै पर्यटन मन्त्री रविन्द्र अधिकारी पनि पलाञ्चोक भगवती आएका थिए । उनले पलाञ्चोक भगवतीका नेपाल सरकारले थप कदन चाल्ने आश्वासन दिएका थिए ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *