Uncategorized

दाङमा फस्टाउँदै थारू महिलाको सामूहिक दुना–टपरी उद्योग

[ad_1]

दाङ, ११ कात्तिक । दाङको लमही नगरपालिका–८ भैस्कोर्माका थारू समुदायका महिलाले सामूहिक रूपमा खोलेको दुना–टपरी उद्योग यतिखेर फस्टाउँदै गएको छ ।

६ वर्ष पहिले स्थानीय पाँच थारू समुदायका महिलाले जनही रु दुई हजार लगानी गरेर सामूहिक रूपमा सञ्चालन गरेको दुना–टपरी उद्योगले अहिले लाखौँ रुपैयाँ बचत गर्न सफल भएको छ । त्यसबाट थारू समुदायका महिला आर्थिक रूपमा सक्षम बन्दै गएका छन् ।

वन जङ्गलमा त्यसै खेर गइराखेका साल र मालुकाका पातहरू सदुपयोग गरी सामूहिक रूपमा दुना–टपरी उद्योग खोलेका भैस्सकोर्माका महिलाले त्यसैबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । अहिले सो उद्योगबाट आफूहरूले रु पाँच लाख २६ हजार बचत गर्न सफल भएको बताउनुहुन्छ उद्योग सञ्चालक समितिका अध्यक्ष फुलकुमारी चौधरी ।

शुरुमा उद्योग कसरी सञ्चालन होला, चल्दैन कि भन्ने चिन्ता थियो । त्यसमा पनि दुना–टपरीबाट पैसा आर्जन गर्ने सकिएला र ? भन्ने आशङ्का थियो । तर, अहिले राम्रो आम्दानी गर्न सफल भएका छौँ, फुलकुमारीले भन्नुभयो ।

सबै मिलेर खोलेको हुँदा सामूहिक कामले सफल गराउँदोरहेछ भन्ने विश्वास बढेको बताउनुहन्छ उक्त उद्योग सञ्चालक समितिका सदस्य तेजकुमारी चौधरी।
“सामूहिक रूपमा खोलिएको दुना–टपरी उद्योगबाट बचत भएको रकम सहुलियत दरमा गाउँमै ऋण लगानी गरेका छौँ”, तेजकुमारी चौधरीले भन्नुभयो । “समूहमा आबद्ध भएका महिलाले छोराछोरीको पढाइ खर्च, औषधि तथा घर खर्च आवश्यक परेमा पैसा निकालेर खर्च गर्छौँ, आफूसँग पैसा भएपछि ल्याएर उद्योगमा दिन्छौँ”, उहाँले भन्नुभयो ।

सदस्य चौधरीका अनुसार अहिले दुना–टपरीको माग निकै बढेको छ । गाउँघर वा शहरबजार जहाँ पनि दुना–टपरी निकै प्रयोग हुने गरेका छन् । तर पनि उद्योगका केही समस्या छन् । पहिला त पातहरू घर नजिकैका जङ्गलमा पाइन्थे तर अहिले तीन/चार घण्टा पैदल हिँडेर पात ल्याउनुपर्छ, तेजकुमारीले भन्नुभयो ।

त्यस्तै महिलाले खोलेको उद्योग भन्दै सामुदायिक वन र सङ्घ संस्थाबाट मेशिन पनि प्राप्त गरेका छौँ, उहाँले भन्नुभयो । हेर्दा सामान्य लागेता पनि दुना–टपरी उद्योगबाट पनि लाखौँ कमाउन सकिन्छ भन्ने यो गतिलो उदाहरण हो । यी महिलाको सिको अन्य महिलाले पनि गर्ने हो कि ?

[ad_2]

Source link

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *