११ कात्तिक, काठमाडौं । रिसाइकिलिङ र फोहोर व्यवस्थापनमा कोकाकोलाले पीईटी बोतल पुनःप्राप्ति परियोजना विस्तार गरेको छ ।
यस पहलको भागको रूपमा कोकाकोला फाउन्डेसन र बोटलर्स नेपाल (तराई) लिमिटेडले भरतपुरनजिकै एक नयाँ पीईटी पुनःसंकलन केन्द्र स्थापना गर्ने भएको छ ।
कोकाकोला नेपालमा आफ्नो वर्तमान पीईटी फोहोर रिकवरी प्रयासमा गति प्रदान गर्न परियोजनामा लगभग २ लाख ७० हजार डलर लगानी गर्ने योजना बनाएको छ ।
क्रिएसनसँगको साझेदारीमा यो परियोजनाले स्थानीय नगरपालिका, व्यापार प्रतिष्ठान, नागरिक र फोहोर संकलनसँग सहयोग लिँदै नेपाललाई पीईटी फोहोर पुनःसंकलनको समाधान खोज्नतर्फ अनुकरण गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
यस पहलमा कोकाकोला कम्पनीका एसिया प्रशान्त क्षेत्रका अध्यक्ष जन मर्फीले नेपालमा वोर्ल्ड विथआउट वेस्ट सुरुवात गर्न आफ्नो प्रतिबद्धता विस्तार गर्दा खुसी लागेको बताए ।
कोकाकोला कम्पनीको ‘वोर्ल्ड विथआउट वेस्ट’ सिर्जना गर्न रिसाइकिलिङका लागि कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।
सन् २०३० सालसम्म प्याकेजिङको १ सय प्रतिशत बराबरको संकलन र पुनः प्रयोग गर्न सहयोगका लागि कम्पनीको ग्लोबल लक्ष्य रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यस पहलमा डब्ल्यूडब्ल्यूएफ नेपालको देश प्रतिनिधि डा. घनश्याम गुरुङले प्राकृतिक स्रोतको चुनौतीको सम्बोधन गर्न साझेदारी महत्वपूर्ण भएको प्रतिक्रिया दिएको पनि कोकाकोलाले जनाएको छ ।



