Uncategorized

रोनाल्डोले म्यानचेष्टर युनाइटेडविरुद्ध खेल्न पाउने

११ असोज, काठमाडौं । युभेन्टसका फर्वार्ड क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडविरुद्ध टिममा सहभागी हुने भएका छन् ।

यूईएफएले उनीमाथि एक खेलको मात्र प्रतिबन्ध लगाएपछि अर्को महिना पूर्वक्लबविरुद्ध खेल्न पाउने भएका हुन् ।

युभेन्टसबाट च्याम्पियन्स लिगमा डेब्यू गरेकै खेलमा उनले रातो कार्ड पाएका थिए । यो च्याम्पियन्स लिगमै रोनाल्डोको करियरकै पहिलो रातो कार्डसमेत थियो ।

उनीमाथि तीन खेलको प्रतिबन्ध पनि लाग्नसक्थ्यो । तर, एक खेल मात्र गुमाउने भएका छन् । अब उनले स्वीस क्लब योङ ब्वाईविरुद्ध मात्र खेल्न पाउने छैनन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *