१० कात्तिक, पोखरा । पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत शनिबार बिहानको खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई १३६ रनको विजय लक्ष्य दिएको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बुटवलले २० ओभरमा ५ विकेट गुमाउँदै १३५ रन बनायो ।
विदेशी खेलाडी चिराग सुरीले १ रन बनाए भने रोहन मुस्तफाले खाता नै खोल्न सकेनन् । भिम सार्की दुई रनमा आउट भए ।
चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गरे । सागर ४६ रनमा पेभेलियन फर्किए भने राना ४८ रनमा आउट भए ।
यसैगरी शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।
अहिले चितवन राइनोजले जवाफी ब्याटिङ थालेको छ । चितवनको कप्तान पारस खड्का छन् भने बुटवलका कप्तान सोमपाल कामी रहेका छन् ।
खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गरिरहेको छ ।
हेर्नुहोस् भिडियो
[youtube https://www.youtube.com/watch?v=5zqEDX_V82s]



