Uncategorized

काठमाडौं विश्वमा घुम्नलायक शहरको सूचीमा पर्नु सुखदः कतार एयरवेज

९ कात्तिक, काठमाडौं । नेपालको काठमाडौं पनि विश्वमा घुम्नलायक उत्कृष्ट शहरहरुको सूचीमा परेको सन्दर्भ पारेर कतार एयरवेजले सरोकारवालाको सहभागितामा एक कार्यक्रम आयोजना गरेको छ ।  लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पनि परेको छ ।

नेपाल पर्यटन बोर्ड, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स तथा काठमाडौँका ट्राभल उद्यमीहरुको सहभागितामा कतार एयरवेजले अन्र्तक्रियात्मक कार्यक्रम गरेको हो ।  कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि कतार एयरवेजका स्थानीय प्रबन्धक जयप्रकाश नैरले पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स तथा ट्राभल क्षेत्रमा सकृय रहेका निकायहरुको प्रशंसा गरे ।

काठमाडौं पनि लोन्ली प्लानेटको सूचीमा पर्नुले देशको पर्यटन गतिविधि थप वृद्धि गरी साल २०२० सम्म २० लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्यलाई सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।  हाल नेपालका धरोहर, मठमन्दिर, धार्मिक महत्व, विविध पर्यटकीय गतिविधि, अनुकूल मौसम तथा प्राकृतिक सुन्दरताले विश्वभरिका पर्यटकलाई आकर्षित गरिरहेको  र लोल्नी प्लानेटको सूचीमा पर्नु सुखद भएको उनले बताए ।

संसारका १५० भन्दा बढी स्थानहरुलाई सहज रुपमा नेपालसँग जोड्दै अधिक संख्यामा पर्यटकहरुलाई आˆनो दैनिक चार उडान सेवामार्फत नेपाल भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कतार एयरवेजलाई यस सम्मानले थप गौरवान्वित बनाएको नैरको भनाइ छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *