Uncategorized

भारतीय टिममा फर्किए भुवनेश्वर र बुमराह, सामी बाहिरिए

८ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजसँगको एकदिवसीय सिरिजमा बाँकी तीन खेलका लागि तीब्र गतिका बलर भुवनेश्वर कुमार र जसपि्रत बुमराहलाई टिममा फर्काइएको छ ।

सुरुका दुई एकदिवसीयमा उनीहरुलाई आराम दिइएको थियो । साथै टिमबाट मोहम्मद सामी बाहिरिएका छन् । उनी गुहाटीमा भएको खेलमा महंगा सावित भएका थिए । जसमा दुई विकेट लिएपनि उनले ८१ रन खर्चिएका थिए ।

केदार ज्यादव पनि टिममा र्फकने खबर बाहिरिएका बेला उनको नाम अन्तिम १५ खेलाडीमा भने छैन ।

पहिलो एकदिवसीय ८ विकेटले भारतले जितेको भए पनि दोस्रो एकदिवसीय बराबरी भएको थियो । तेस्रो एकदिवसीय शनिबार हुनेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *