Uncategorized

ठूलो फिल्मका कारण सर्‍यो ‘टोटल धमाल’को रिलिज डेट

नोभेम्बर र डिसेम्बरमा रिलिज हुन लागेका ३ ठूला चलचित्रका कारण केही बलिउड चलचित्रको रिलिज डेट परिवर्तन भएको छ । ‘स्टूडेन्ट अफ द इयर, केदारनाथ’ले नोभेम्बरबाट अर्को बर्षका लागि रिलिज डेट परिवर्तन गरिसकेका छन् ।
अब, अर्को एक मल्टिस्टारर चलचित्रले पनि आफ्नो रिलिज डेट पछाडि सारेको छ ।

डिसेम्बर ४ तारिखमा रिलिज हुने भनिएको चलचित्र ‘टोटल धमाल’को रिलिज डेट अर्को बर्षलाई सारिएको छ । नोभेम्बरमा रिलिज हुने ‘ठग्स अफ हिन्दुस्तान र २.०’, डिसेम्बरमा रिलिज हुने ‘जिरो’को रिलिजका कारण यो चलचित्रको रिलिज डेट सरेको हो । अब, यो चलचित्र सन् २०१९ को फ्रेवुअरी २२ तारिखमा रिलिज हुने भएको छ ।

चलचित्रमा अजय देवगण, अनिल कपुर, माधुरी दिक्षित, इशा गुप्ता, रितेश देशमुख, अर्सद वार्सी, जावेद जाफ्रीको मुख्य भूमिका छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *