Uncategorized

बुटवल ब्लास्टर्स र काठमाडौं रोयल्सबीचको खेल सुरु (लाइभ)

१६ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा बुटवल ब्लास्टर्स र काठमाडौं रोयल्सबीचको खेल सुरु भएको छ ।

टस जितेर काठमाडौंले ब्याटिङ गरिरहेको छ । पोखरा रंगशालामा सुरु भएको खेलमा दुबै टिम जितको खोजिमा रहेका छन् । यो खेल बुटवलको अन्तिम तथा पाचौ खेल हो भने काठमाडौंको चौथो खेल हो ।

बुटवलले खेलेका यसअघिको ४ खेलमध्ये २ खेलमा जित र २ खेलमा हार ब्यहोर्दै ४ अंक बनाएको थियो । यता, काठमाडौंको पनि समान ४ अंक रहेको छ । काठमाडौंले ३ खेलमध्ये २ खेलमा जित र १ खेलमा हार ब्यहोरेको छ ।

यसअघि आजै भएको खेलमा एक्स्पर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ ।

[youtube https://www.youtube.com/watch?v=jCV6lsbq1_g&w=890&h=540]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *