Uncategorized

खुकरी प्रहार गरी श्रीमतीको हत्या

८ कात्तिक, लिवाङ । रोल्पामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ का सुकलाल सार्कीले श्रीमती देविसराको हत्या गरेका हुन् ।

बुधबार राति करिब ११ बजे सुकलालले घाँटीमा खुकुरी प्रहरी गरी श्रीमतीलाई घरभित्रै हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सुकलालले घरायसी विवादमा श्रीमतीको हत्या गरेको अनुमान छ ।

मानसिक सन्तुलन ठीक नभएको जस्तो देखिने सुकलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *