७ कात्तिक, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई पठाएको संदिग्ध विस्फोटक उपकरण बरामद भएको अमेरिकी खुफिया एजेन्सीले बताएको छ ।
उदार परोपकारी एवं फाइनान्सर जर्ज सोरोसको न्यूयोर्कस्थित घरमा बम भेटिएको दुई दिनपछि यो सार्वजनिक भएको हो ।
संदिग्ध विस्फोटक उपकरण कहाँबाट बरामद भएको खुलेको छैन । अमेरिकी खुफिया एजेन्सीका अनुसार क्लिन्टनलाई सम्बोधन गर्दै पठाइएको प्याकेज २३ अक्टोबरमा भेट्टाइएको हो । ओबामालाई पठाइएको प्याकेज भने बासिङ्टन डिसीबाट बरामद भएको बक्तव्यमा उल्लेख छ ।
एफबीआईले यसबारे छानबिन भइरहेको बताएको छ । पूर्वराष्ट्रपति ओबामाका प्रवक्ताले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको बीबीसीले जनाएको छ ।



