१० कात्तिक, काठमाडौं । सम्पदा मल्ल सानदैखि आर्टिस्टिक माहोलमा हुर्किन् । प्रायः कला साहित्यका कार्यक्रममा उनी पिता अशेष मल्लका हात समाएर पुग्थिन् । क्रमशः बालमनोविज्ञानमा उनको लेखन मौलाउन थाल्यो । सात कक्षा पढ्दा उनले हलिउड फिल्म ‘क्याराभान’को रिभ्यु लेखेकी थिइन् । ११ वर्षमा कान्तिपुर कोसेलीमा प्रकाशित भएपछि बाल लेखनमा उर्जा मिल्यो ।
हँसिली सम्पदा बाक्लो ग्लास लगाउँछिन् । सानैदेखि बोल्न डराउँथिनन् । पछि रेडियो नेपालमा छिरेर बाल कार्यक्रममा सहभागिता जनाउन थालिन् । विस्तारै पि|mलेन्सर राइटर भएर कथा लेख्न थालिन् । उनका कथाहरू छापिँदै गए । एकदिन तिनै छरिएका कथाहरूलाई ‘अनायसै एकदिन’ शीर्षकको कथासंग्रह निकालिन् । जसलाई आख्यान पुरूष धुव्रचन्द्र गौतमले विमोचन गरेका थिए ।
लेखन र पढाइ सँगैसँगै क्रमशः बढाउने उनले माष्टर पढ्न चाहिन् । उनका साथीहरू पढ्न युरोप अमेरिका जस्ता देशतिर लागे । अष्टे्रलिया तथा जापान लागे । उनलाई भने नियतीले दिल्ली पुर्यायो । उनी भन्छिन्, ‘पहिलोपटक इण्डिया जाँदा धेरै डराएकी थिएँ, पछि अभ्यस्त हुँदै गएँ ।’
कथालाई फिल्मको टेक्निकल दुनियासँग कसरी जोडिन्छ भन्ने उनमा चासो थियो । त्यही चासोले उनलाई दिल्ली पुर्यायो ।
मार्वा स्टुडियो कम्प्लेक्स १६ सेक्टर नोयडा पुगिन् । माष्टर पढ्न नोयडास्थित ‘एशियन एकेडेमी फिल्म एण्ड टीभी’ कलेजमा पुगिन् । जसका संस्थापक बलिउड हस्ती अनिल कपुर र बोनी कपुर हुन् । त्यहाँ दुई वर्षको पढाइ पूरा गरेपछि उनलाई मुम्बई फिल्म नगरीले तान्यो ।
मुम्बईसँगको उठबस
उनी सानैदेखि फिल्म हेर्न रूचाउँथिन् । फिल्मको कथाहरूले उनलाई छुन्थे । सानैदेखि पत्रपत्रिकामा छापिएका स्टोरीहरूलाई कलेक्सन गरेर ‘अनायसै एक दिन’ भन्ने शीर्षकको कथासंग्रह पनि निकालिन् । जसलाई विमोचन धुव्रचन्द्र गौतमले गरेका थिए ।
मुम्बाई उनले सोचेको सहर थिएन । उनले मुम्बई पुग्ने सपना कहिल्यै पालिनन् पनि । तर, नियतिले डोराएर सम्पदालाई मुम्बई पुर्यायो । सायद सपना कम देख्नेहरूको सपना नै नियति बन्छ होला । उनी भन्छिन्, ‘मलाई मेरो नियतिले मुम्बई पुर्यायो ।’
उनका साथीहरू सबै विदेश गइरहेका बेला उनी इन्डिया पुगिन् । त्यहाँ उनी डराइडराई पुगेकी थिइन् । उनलाई इण्डियासँग डर थियो । अपमानको डर थियो । एक्लोपनको डर थियो । दुःखको डर थियो । त्यसका बाबजुद पनि उनी मुम्बई पुगिन् । र त्यहाँ पुग्दा कसरी घुलमिल हुने भन्ने चिन्ता पनि उनलाई थियो । लामो संघर्ष गर्नेहरूको कथा सुनिन्थ्यो ।
उनको पढाइले उनलाई मुम्बईको ढोका खोलिदिएको थियो । उनलाई स्क्रीन प्लेमाथि गहिरो लगाव थियो । टीभी सिरियल र बलिउड फिल्मतिर प्रवेश दिलाउन उनको पढाइले ठूलो सहयोग गरिदियो । उनी भन्छिन्, ‘एशियन एकेडेमी फिल्म एण्ड टीभी जस्तो कलेजको पढाइले दिएको सम्मान थियो ।’
पढाइ सकेर घर फर्किन चाहेकी थिइन् । तर, उनलाई इन्टरटीभीले तान्यो । इन्टरटीभी इम्याजिनका लागि नक्सलाइटका बारेमा शो लेखिरहेका थिए । अनि उनलाई चन्दन सिंहले मुम्बई बोलाए ।
फेसबुकबाट चिनजान भयो सिरियल लेखक चन्दन सिंहसँग । तिनै सिंहले लगे ‘तलास’ फिल्मको प्रोडक्सन टिममा । इन्टरभ्यु दिइन् । उनी पास भइन् । र, महिनाको पाँच हजार तलबमा प्रोडक्सन असिस्टेन गर्ने कुरो भयो ।
उनको परिवारबाट धेरै सहयोग थियो । तर, मासिक पाँच हजारले मुम्बई नगरीमा कसरी अघि बढ्ने ? कुनै कनेक्सन नभएपछि भित्रभित्र छट्पटिइन् । कान्दीवालीमा उनी भौंतारिन थालिन् ।
प्रोडक्सन असिस्टेन भएर काम गर्न उनी दोधारिइन् । पाँच हजारले भाडा तिर्न पनि नसकिने । त्यही ‘तलास’लाई कनर्फम नगर्दै अर्का सिरियल राइटर ‘सबा मुम्ताज’ को स्क्रीप्ट राइटर असिस्टेनको अफर आयो । जहाँ ३० हजार रूपैयाँ तलब दिने कुरा भयो । उनलाई त्यो ठूलो अवसर थियो । उनी भन्छिन्, ‘त्यो अवसर त मलाई तारा खसेजस्तै भयो ।’
फिल्म ‘तलास’को प्रोडक्सन छोडेर सिरियल स्क्रिप्ट असिस्टेनका लागि ओके गरिन् । कनेक्सन विना गेटबाट भित्रसम्म छिर्न नपाउने ठाउँमा ‘सबा मुमताज’ को असिस्टेन हुन पाउनु उनलाई ठुलै उपलब्धी थियो । र, उनले ‘सबा मुमताज’को अफरलाई स्वीकारिन् ।
सबा टर्निङ् पोइन्ट
सबा मुमताजसँगको कुराकानीलाई उनी टर्निङ्ग पोइन्ट मान्छिन् । सबाको अफर स्वीकारेको दिनमै सबालाई सिरियल स्टोरी इमेल आयो । उनलाई तुरुन्तै दुई घण्टामा लेख्न दिइन् सबाले । वानलाइन स्टोरीलाई घरमा लगेर हेरिन् सम्पदाले । भारतीय कल्चरको बारेमा उनी अनविज्ञ पनि थिइन् । जेजति सोचेर स्टोरीलाई स्क्रीन प्ले गरेर दुईघण्टापछि पठाइन् ।
मुमताजबाट तुरुन्तै गाली आयो । सम्पदाको लेखनीप्रति सन्तुष्ट भइनछिन् सबा । सम्पदाले अनुरोध गरिन् । अन्तिम मौका दिइछिन् सबाले । रातभरि युट्युबमा सिरियलका अघिल्ला भागहरू हेरिन् । अनि बिहानपख लेखेर पठाएपछि सबा खुशी भइन् । सबाको त्यही खुशीले सम्पदाले ‘ए रिस्ता क्या कहेलागा’ लाई निरन्तर लेख्न पाइन् । साथै नाभ्या-स्टार प्लस, भाग्य विधाता-कलर्स, पर्वरिस जस्ता सिरियलमा उनले स्क्रीप्ट असिस्टेन गरिन् ।
विस्तारै उनलाई असिस्टेन लेखनलाई घोष्ट राइटिङजस्तो लाग्दै आएछ । आˆनो काममा निखार आइरहेको थियो । तैपनि सम्पदा खुशी हुन सकिनन् । एक वर्षपछि उनलाई गाह्रो भयो । अर्को काम खोज्न थालिन । सिरियल इस्कका रङ सफेदमा पनि काम खोजिन् । र उनले मुम्बइ नगरीमा आफूलाई चिनाउन सफल भइन् ।
त्यहाँ प्रतिभालाई सम्मान गर्छ भन्ने ठानिन् । एश राज फिल्मसम्म पनि पुगिन् । सिरियलहरू लेख्दै जाँदा त्यहाँ मान्छेहरूलाई भेट्न पाइन् । कासिम खान एस राज फिल्ममा मेकिङको काम गर्थे । मेकिङ्गका लागि त्यहाँ पुगिन् । त्यहाँ पुग्नु पनि ठूलो कुरा थियो । ‘बिहाइन्ड द सिन’ जस्ता काम गर्नु थियो । उनले सोचेको जस्तो काम हुन सकेन । निराश भइन् ।
केरी अन कुत्तोकी क्रेटिभ प्रोडक्सन
कलेजकै पास आउटका साथीहरूसँग उनको कुरा भइरहन्थ्यो । फिल्म बनाउने कुरो भयो । त्यही क्रममा उनले ‘केरी अन कुत्तो’ को टिमको क्रिएटिभ काम गर्न पाइन् । उनले फिल्मको केही लोकेशन नेपालमा पनि छानिन् ।
८० लाख भारुमा उनले फिल्म बन्यो । सुल्तानले केरी अन कुत्तोलाई हलबाट झारिदियो । राजश्रीले अहिले त्यो फिल्म लिएको छ । ग्याङ्ग्स अफ वासेपुरका कलाकर छन् । अशोक यादवले केरी अन कुत्तोलाई निर्देशन गरेका छन् ।
‘केरी अन कुत्तोले स्क्रीप्ट लेखनमा हौस्याएको बताउँछिन् सम्पदा । त्यही कारण होला, उनी यतिखेर नेपालमा दुईवटा स्क्रीप्ट लेखिरहेकी छिन् । भीमसेन लामाको फिल्म लेख्दै छिन् । प्रोजेक्ट बेस काम गर्ने मुडमा छिन् । सिंहदरबारको सेकेण्ड सेसन पनि उनैले लेखिन् ।
सपना र नियति
उनी पढ्न गएकी थिइन इण्डिया । तर, उनलाई नियतिले मुम्बई पुर्यायो । जे पढिन्, त्यही काम गर्न पाइन् । उनले मुम्बईलाई कहिल्यै सपना बनाइनन् । राम्रो काम गर्ने चेष्टा भने जत्तिखेर पनि गरिरहिन् । उनी भन्छिन्, ‘कोही मुम्बईलाई सपना बनाउँछन्, मचाहिँ संयोगवस पुगेकी हुँ ।’
नेपालमा लेखनमा त्यति पैसा छैन । तर, उनी नेपालमै बसेर लेख्न चाहन्छिन् । उनी भन्छिन्, ‘त्यहाँ सेकेण्ड सिटिजन हुनुभन्दा नेपालमा फर्स्ट पिपुल भएर काम गर्ने मन भएर फर्किएँ ।
जीवनको छोटो समयमा सम्पदालाई मुम्बईले धेरै सिकाएको छ । केहीसमय यता उनी काठमाडौंमा छिन् । तर, घरभित्र बसेर लेखिरहने स्वभावका कारण उनको नेपाल बसाइ धेरैलाई थाहा छैन
पैसा कमाउनका लागि मात्रै उनले काम गरिनन् । उनले सहकार्यमा काम गर्न लागिरहेकी छिन् । नेपाल र मुम्बईमा फोकस गरेर काम गर्न चाहिरहेकी छिन् । उनले निरन्तर काम पाइरहेकी छिन् । राम्रै पैसा पनि दिइरहेका छन् ।
सम्पदा अहिले दुईवटा स्क्रिप्ट लेखिरहेकी छिन् । त्यसमा उनी आफू शेयरमा बसेर काम पनि गरेकी छिन् । उनी पैसाको लालचमा भन्दा पनि राम्रो काम गर्न चाहिरहेको बताउँछिन् । फिल्म जति राम्रो लेख्यो, त्यति नै निर्देशकले काम गर्न सक्नुपर्छ भन्ने तर्क छ उनको । उनी निर्देशक चिनेर काम गर्न चाहिरहेकी छिन् । भावुक हुँदै भन्छिन्, ‘कथाले नै लाइफ जोडिन्छ ।’
सायद होला पनि । उनी कथा नै लेखिरहेकी छिन् ।
कुनै योजना नबनाई घटना घट्छन् । ती कथा हुन् । कथाले जीवनलाई ढाल्ने महशुस गरेकी छिन् । अनि लेखकको दुनियाँलाई हावामा औंलाहरू नचाउँदै भन्छिन्, ‘लाइफ ईसिजी गरेको कागजमा देखिएको धर्सो जस्तो हुन्छ ।’
सम्पदा प्रायः मध्यरातमा पनि लेख्ने गर्छिन् । कुनै-कुनै पात्रले उनलाई हप्तौंसम्म सिथिल बनाएका छन् । ती पात्रहरू भएको फिल्म अझै नबनेकोमा उनी दुःखी छिन् ।
लेखनमा आउने पात्रहरूप्रति उनको प्रेम छ । उनी आफ्ना पात्रहरूले कहिल्यै कसैलाई नरुवाओस भन्ने चाहन्छिन् । दर्शकलाई निराश बनाओस् भन्नेमा सचेत हुन्छिन् । उनी भन्छिन्, ‘मेरो फिल्मका पात्रहरूले मोटिभेसन गरुन् भन्ने चाहन्छु ।’
जीवनको छोटो समयमा सम्पदालाई मुम्बईले धेरै सिकाएको छ । केहीसमय यता उनी काठमाडौंमा छिन् । तर, घरभित्र बसेर लेखिरहने स्वभावका कारण उनको नेपाल बसाइ धेरैलाई थाहा छैन । उनी आफूले पाएको ज्ञान र अनुभव नेपालमै देखाउन चाहन्छिन् । मम्बई सिक्नेलाई खुला विश्वविद्यालय जस्तो ठान्छिन् । उनी अहिले पनि भन्छिन्, ‘मुम्बईसँग मेरो गहिरो कनेक्सन छ ।’
उनी नेपाल बसेर मुम्बईको काम गरे पनि नेपाली चलचित्रसँग जोडिन थालेकी छन् । तर, उनको लेखनले नेपाली दर्शकलाई भने कति महत्व दिन्छन्, त्यो भने हेर्न बाँकी छ ।



